अदालत आदेशमा घर भत्काईयाे, चाैधरी परिवार बिचल्नी

पूर्णपुष्टि, असाेज १६ ।
अदालतकाे आदेशकाे आधारमा आज त्रियुगा नपा १३ असारीमा एक घर भत्काईएपछि अनारकुमारी चाैधरीकाे परिवार विचल्नी भएकाे छ । बस्दै आएकाे झुपडी घर डाेजर लगाई भत्काईएपछि चाैधरी परिवार विचल्नीमा परेकाे हाे । असारी बरुवाखाेला पुल छेउकाे घटना हाे याे ।
स्थानीय सुदर्शन भट्टराईकाे जग्गामा घर परेकाे प्रमाणकाे आधारमा उच्च अदालत विराटागरले घर हटाउन आदेश दिएकाे जग्गाधनी भट्टराईले बताए ।
घर अगाडिकाे ऐलानी जग्गामासमेत टहरा बनाउन छिमेकीहरु  अबराेध भईदिएपछि चाैधरी परिवारले सडकमै पाल टाँगेर रात काट्ने बताएकाे छ ।
अगाडिकाे ऐलानी जग्गा आफ्नाे चासभाेग रहेकाे चाैधरीकाे दावी छ भने आसपासका छिमेकीहरुले बस्न दिएका छैनन् । परिवारमा एक बृद्ध, दुई बालबालिकासहित पाँचजना छन् ।
उक्त ऐलानी जग्गा नदि उकास रहेकाे र नगरपालिकाले सार्वजनिक जग्गाकाेरुपमा संरक्षण गर्न खाेजेपनि जबरजस्ती घरटहरा बन्ने क्रम रहेकाे छ । त्यसमा जग्गा दलालहरुले दाेहाेराे किनबेचसम्म गरिरहेकाे स्थानीय बताउछन् ।
उक्त क्षेत्रकाे सार्वजनिक जग्गा नगरपालिकाकाे मातहतमा हुने केयर वसन्त बस्नेतकाे भनाई छ । जिल्ला अदालतले फैसलासमेत गरिसकेकाे अबस्थामा उच्च अदालतमा पुनराबेदन परेकाे छ । छिट्टै नगरपालिकाकाे पक्षमा फैसला आउने मेयर बस्नेतले बताए । त्यहा बनेका घरटहराहरु सबै भत्कने उनले बताए । कसैले किन्न र संरचनामा खर्च नगर्न उनले भने । हाल विचल्नि अबस्थाकाे परिवारलाई वडा र पालिकालै बस्ने ब्यवस्था मिलाउने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
5
+1
2