उदयपुरमा मलद्धार भित्र लुकाएर ल्याएको लागुऔषध भिडियो एक्सरे गरेर बरामद, ५ पक्राउ

पूर्णपूष्टि, १६ असोज ।
मलद्धारमा लागुऔषाध राखेर ल्याउँदै गरेको अवस्थामा चौदण्डीबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई आईतबार ७ बजेको समयतिर बेल्टार प्रहरीले लागुऔषाध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चौदण्डीगढी नगरपालिका ६ बस्ने अं वर्ष ३० को बिनोद राई, वर्ष ३२ को बिदुर राई, वर्ष ३० को बिशाल राई, वर्ष ३२ को मनोज राई, र वर्ष ३२ को प्रबेश चौहान रहेको छ ।

उनिहरुको साथ फेनारागन १४ एम्पुल,लुपिजेसिक ६ एम्पुल, डाईजेपाम ६, लेबल नभएको ९ एम्पुल गरी जम्मा ३५ एम्पुल लागुऔषाध प्रहरीले बरामद गरेको छ ।

बेल्टार प्रहरीका अनुसार लागुऔषाध सेवन गर्ने उदेश्यले शरिर भित्र (मलद्धारमा) गरी ल्याएको लागुऔषाध चौदण्डीगढी अस्पतालमा भिडियो एक्सरे गर्दा देखिएको थियो । सोही अनुसार तपशिलमा उल्लेखित लागू औषध निजहरुको शरिरबाट निकाली बरामद गरिएको प्रहरीको भनाई छ । उनिहरुलाई जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी आवश्यक कानुनि कारवाहीको लागि अनुसन्धान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
1
+1
0