पैसा र पावरको भरमा अपराधी छाडिन्न : एसपी थापा

पूर्णपुष्टि, असोज १६ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) रमेश थापाले जिल्लामा अपराध न्युनिकरणका लागि सहयोगको आह्वान गरेका छन् । भर्खरै उदयपुरको जिम्मेवारी लिएर आएका थापाले अपराध गर्ने कुनै पनि व्यक्तिलाई नछाड्ने जनाए । “म र मेरो युनिटको काम अपराध नियन्त्रण गर्ने हो, धन र पदको आडमा कुनै पनि अपराध गर्ने ब्यक्तिलाई छाड्दिन” एसपी थापाले भने, ।

उनले प्रहरीले अपराध र अपराधिलाई बढवा दिन नहुने जनाए । उदयपुरमा घट्ने आपराधिक घटनाहरुको गहिरो बिश्लेषण गरिरहेका थापाले लागुऔषाध लगायतका घटनाहरु ब्यापक रहेको जनाए । थापाले लागुऔषधलाई कडाई गरिएको जनाए । उनले लागुऔषध कारोवारीलाई कडा कार्वाही र प्रयोगकर्ताहरुलाई कार्वाही तथा काउन्सेलिङसमेत गरिने जनाए । आफु उदयपुर रहुन्जेल आपराधिक घटनामा संग्लन कोही पनि ब्यक्तिलाई शक्तिको भरमा नछाड्ने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0