एमाले कोशी प्रदेश अधिवेशन : उदयपुरबाट कोको निर्वाचित भए सदस्यमा ?

पूर्णपुष्टि, १७ असोज ।
एमाले कोशी प्रदेश अधिवेशन सम्पन्न भएको छ । उदयपुरबाट पदाधिकारीमा उठेका शैलेस लामा हारेपनि सदस्यहरुमा भने उदयपुरको १४ जना निर्वाचित भएको छ । पूर्व प्रदेश उपसचिव समेत रहेको लामालाई पाँचथरको राजकुमार भण्डारीले पराजित गरेको हो । यता सदस्यहरुमा भने भुगोल, महिला, जनजाति, दलित र खुल्ला गरी १४ जना निर्वाचित भएको छ ।

खुल्ला भुगोल सदस्यहरुमा इश्वरमणी राउत, अम्बर बहादुर रायमाझी, प्रकाश बस्नेत, ज्ञानेन्द्र बस्नेत, भेषराज थापा, देवराज राई निर्वाचित भएको छ । यता युवा भुगोलमा जिवन कुमार कार्की निर्वाचित भए । भुगोल आदिवासीमा पदम राई निर्वाचित भए भने भुगोल महिलामा गिता रेग्मी, कला घले, कान्ता राई सिर्जना तामाङ निर्वाचित भईन् । अपाङगता तर्फ भने सिता पौडेल निर्वाचित भईन् । दलित भुगोल तर्फ भने बेनी बहादुर नेपाली निर्वाचित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0