बिवादले रोकिएको त्रियुगा उद्योग वाणिज्य संघको नविकरणले पायो निरन्तरता

पूर्णपुष्टि, १७ असोज ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको नविकरणले निरन्तरता पाएको छ । बिवादका कारण उच्च अदालत बिराटनगरमा मुद्धा बिचारधिन अवस्थामा रहेपछि नविकरण रोकिदा संघको कामकार्वाहीमा समस्या थियो ।

उच्च अदालत बिराटनगरबाट फैसालाको पूर्ण पाठ आए सँगै जिल्ला प्रशासन कार्यालय उदयपुरमा दर्ता रहेको संघको नविकरणमा सहज भएको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार ७८ असार मसान्त सम्मको मात्रै नविकरण रहेको र बाँकी दुई बर्ष संस्थाका आर्थिक कामकार्वाहीमा समस्या परेको रसाईलीको भनाई छ । अब भने संघलाई गतिशिल र आर्थिक पार्दशिताले संञ्चालन गर्न सकिने जनाए । नविकरण नहुँदा संघको खाताहरु सबै रोकिएका थिए । अव भने सहज रुपमा खाता संञ्चालन गरिने र आर्थिक कार्यक्रमहरुलाई अगाडी बढाउने सकिने रसाईलीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0