विचल्नी परिवारको सडकबास

पूर्णपुष्टि, १७ असोज ।
अर्काको नम्बरी जग्गामा घर परेको भन्दै अदालतको फैसला अनुरुप हिजो डोजर लगाई भत्काइएको अनार कुमारी चौधरीको परिवारको सडकबास भएको छ । चासभोग गर्दै आएको घरअगाडीको ऐलानी जग्गामा पनि टहरा बनाउन अवरोध भएपछि बीच सडकमै पाल टाँगेर रात कटाए । पानी र हुण्डरीले रातभर सुत्न नसकेको चौधरी परिवारको खान–लागउन ठेगान छैन । खाना पकाउने ठाउँ र सामान राख्ने ठाउँ छैन । दुई कलिला बालबालिका, एक बृद्धसहित छ जना रहेको चौधरी परिवार बिचल्नीमा छ ।


चौधरी परिवारले बाजेको पालादेखि आप्mनो दावीगर्दै मुद्दा लड्दै गरेको जग्गाको धेरै जसो क्षेत्र अरुले नै नम्बरी बनाइसकेका छन् भने भएका ऐलानी पनि दलालहरुले भित्रभित्रै किनबेच गरेकाले एउटा टहरा सम्म बनाउन नदिएको चौधरी बताउँछिन् । आसपासका छिमेकीहरुबाटै जग्गा बढि अतिक्रमण भएको र जग्गा दलालहरुले किनबेच गरेकाले विपद्मा आफुले सहयोग नपाएको उनले बताइन् ।

सोही जग्गाको मुद्दा लडेरै आमा सुखनीदेखि चौधरीको दशवर्ष पहिले मृत्यु भइसकेको छ । आमाको मृत्यु पछि आफुले मुद्दा लड्दै आएको उनले बताइन् । श्रीमान् र बुबा सोझो छन् । अरुसंग तर्क, सम्बाद गर्न नसक्नुको फाईदा उठाउँदै दलाल र छिमेकीहरुबाट अतिक्रमण भएको उनले बताइन् । प्रहरी, प्रशासन र अदालतबाटसमेत न्याय नपाएको गुनासो उनको छ । आप्mनो परिवारलाई राज्यबाट उचित बसोबासको ब्यवस्था हुनुपर्ने मागउनको छ ।

उनले दावी गरेको ऐलानीजग्गा आसपासमा किनबेच नै चलेर घर, टहरासमेत निर्माण भइसकेको छ । थोरै मात्रामा रहेको खाली जग्गामा उनले घर बनाउन खोज्दा आसपासका छिमेकीहरुले अबरोध मात्र गरेनन्, त्यहाँका बोट, विरुवा, फलफुलसमेत काटेर नष्ट गरिदिए । केही छिमेकीहरुको भनाईमा चौधरी परिवार असामाजिक छिन् । उनलाई समाजबाट टाढा बनाउन खोजिएको छ । उनलाई अवरोध गर्ने आसपासका छिमेकीमा बढिजसो चौधरी समुदाय नै छन् । चौधरी परिवारले भने न्यायको लागि लडिरहने भन्दै सडकमै त्रिपाल टाँगेर बसेको छ । सडकमै बसेकाले टोलमा आवत जावतमा अवरोध भएको छ ।

त्यहाँको ऐलानी भनिएको जग्गा चौधरी परिवार र अन्य ब्यक्तिहरुले आप्mनो हकभोगको भन्दै दावी गरेपनि त्रियुगा नगरपालिकाले भने सार्बजनिक जग्गा भएको दावी गरेको छ । जिल्ला अदालतबाट समेत नगरपालिकाको पक्षमा फैसला भइसकेको अवस्थामा पुनरावेदन परेकाले सोको फैसला नगरपालिकाले पर्खिरहेको छ । मेयर बसन्त बस्नेतका अनुसार सो क्षेत्रको जग्गा सार्बजनिक जग्गा हो । कसैले किनबेच र घर, टहरा जस्ता संरचना निर्माण नगर्न पटक पटक सुचना गरिएको उनले बताए । अटेर गरी किनबेच गर्ने र संरचना बनाउनेको भत्काइने भएकाले खर्च नगर्न सचेत गराए । उच्चअदालतको फैसला लगत्तै नगरपालिकाले सबै संरचना हटाएर सार्बजनिक महत्वको संरचना निर्माण गर्ने बताए ।हल विचलित चौधरी परिवारको बारेमा मेयर बस्नेतले उचित ब्यवस्थापनमा वडा र नगरले पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0