भन्सार छलीको ३३ बोरो चिनी उदयपुर प्रहरीले बरामद गर्यो

पूर्णपुष्टि, १८ असोज ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले अबैधानिक रुपमा उदयपुर भित्राएको सामान बरामद गरेको छ । त्रियुगा नगरपालिका वडा ११ स्थित रामजानकी पार्टी प्यालेस अगाडी शंकास्पद अवस्थामा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको स.१.ज. १४७८ नं. को पिक अप गाडीलाई प्रहरीले चिनि सहित पक्राउ गरेको हो ।

उदयपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले शंका लागेपछि उक्त गाडीलाई चेकजाँच गरेका थिए । चेकजाँचको क्रममा उक्त सामाग्री त्रियुगा नगरपालिका वडा नं ११ बस्ने बर्ष ३५ बर्षिय रंजित चौधरीले भन्सार छली ल्याएको प्रहरीले बताएको छ । उदयपुर प्रहरीका अनुसार चौधरीले ३३ बोरा चिनी अं मुल्य १,२३,७५० (एक लाख तेईस हजार सात सय बराबर मुल्य र १० के.जी सख्खर समेत गरी जम्मा १,२४,२५०।– ९एक लाख चौबिस हजार दुई सय पचास को भन्सार छलीको सामाना पक्राउ गरेको हो ।

प्रहरीले उक्त पिकअप र भ्यानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात् सामान सवारी साधन र चालकलाई थप कार्वाहीको लागी भन्सार कार्यालय कोशी व्यारेज सुनसरी पठाएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0