नेपाल उद्योग ब्यापार महासंघको जिल्ला अध्यक्षमा शर्मा, त्रियुगा नगरमा शाह

पूर्णपुष्टि, २० असोज ।

माओवादी निकट ब्यापारीहरुको संगठन नेपाल उद्योग ब्यापार महासंघको उदयपुर जिल्ला अध्यक्षमा राज कुमार शर्मा र त्रियुगा नगरको अध्यक्षमा सुरज शाह चयन भएको छ । जिल्लाको उद्योग उपाध्यक्षमा बाल कुमार सुयल, बाणिज्य उपाध्यक्षमा तिलक राई, माहासचिवमा प्रवेश खड्का, कोषाध्यक्ष भिम कुमारी राई र सचिवमा बेद बहादुर राई चयन भएको छ ।

यस्तै सदस्यहरुमा शेख इजराईल, अंक्रिस श्रेष्ठ, सूचन मगर, पुसव अधिकारी, टिनकी ज्वाला चौधरी, बिनिता चौधरी, जनदिप थापा, हिमराज मगर, चन्द्र बहादुर कार्की, टिकाराम गिरी, स्जीत शाह, राधेश्याम साह र सिद्धेश्वर शाह रहेका छन् ।

यस्तै नगर उद्योग उपाध्यक्षमा आदेश राई, बाणिज्य उपाध्यक्षमा संकर शाह, माहासचिवमा अनवर अलि, कोषाध्यक्षमा लक्ष्मी राई, सचिव राकेश यादव र सह कोषध्यक्ष आनन्द भगत रहेको छ यस्तै सदस्यहरुमा उपेन्द्र शाह, पञ्चहिरा राई, अशोक बि.क, अन्सारुल अलि, कृष्ण रौनियार, पानालाल भागवत, सन्तोष राई, टेक बहादुर मगर रेवत कुमार रोक्का, किरण कुमार शाह र मनोज कटुवाल रहेको छ । नेपाल उद्योग ब्यापार महासंघको जिल्ला र नगरको प्रथम अधिवेशनले जिल्लामा शर्मा र नगरमा शाह नेतृत्वको समिति गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0