उदयपुरमा ब्राउन सुगर सहित ३ जना प्रक्राउ

पूर्णपुष्टि, असोज २१ । उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालीका–५ श्रीपुरका २१ बर्षीय खैरुल वासर, सप्तरीको कंकालिनी नगरपालिका–१ का २७ बर्षीय बेचन मण्डल र ३२ बर्षीय जितेन्द्र मुखिया रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका सुचना अधिकारी तथा प्रहरी उपरिक्षक ऋषिराम कंडेलका अनुसार शनिबार साझँ विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–८ कोठु स्थित कोशी पुल नजिकै आउँदै गरेका वासरलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो । उनको साथबाट २० ग्राम ९० मिलिग्राम ब्राउन सुगर बरामद भएसँगै प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै बेलका नगरपालिका–१ आम्वासी स्थितमा चेकिङमा खटिएको सोही प्रहरीको टोलीले फत्तेपुरबाट रामपुतर्फ आउदै गरेको प्र.२–०१–००१ प. ४९५० नम्बरको मोटरसाईकलमा सवार मण्डल र मुखियालाई ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट १६ ग्राम ४७० मिलि ग्राम ब्राउन सुगर फेला पारेसँगै दुबैलाई नियन्त्रणमा लिएको हो । ब्राउन सुगर सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0