गाईघाटमा नालीमा बगेर आएको भुजेललाई ट्राफिक प्रहरी र प्रहरीले बचायो

पूर्णपुष्टि, २१ असोज ।
गाईघाटमा नालीमा बगेर आएको एक जनालाई ट्राफिक प्रहरी र प्रहरीले जिउँदै उद्धार गरेको छ । त्रियुगा नगरपालिका ११ शिवालयटोलका ३५ बर्षिय सुरज भुजेललाई डिउटिमा रहेको प्रहरी र ट्राफिक प्रहरीले तत्काल उद्धार गरी बचाएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौधरीका अनुसार अत्यादिक मापासे गरी गाईघाट बजारको मेनचोक नजिक नालीमा खसेर बगिरहेको भुजेललाई गम्भीर अवस्थामा फेला पारी उद्धार गरेको हो । प्रहरी बिट अगाडी ट्राफिक प्रहरी सिवि राई लगायतका प्रहरीहरु डिउटिमै रहेका थिए । आसपासका स्थानीयहरुले नालीमा बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात भुजेलको उद्धार गरी हस्पिटल पठाईएका थिए । अहिले भुजेल उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
12
+1
2
+1
1
+1
3