प्रतिबन्धित औषधीहरु लागुऔषाधजन्य औषधीको रुपमा नतोकिदा दुव्र्यसनी बढ्यो : उदयपुर प्रहरी

पूर्णपुष्टि, २१ असोज ।
केहि समय अघि चौदण्डीगढी ७ बेल्टारका औषधि व्यवसायी संघ (एनसीडीएस) उदयपुरका महासचिव समेत रहेका औषधी ब्यवसायी बिरेन्द्र झा प्रतिबन्धित औषधी बेचेको आरोपमा पक्राउ पर्यो ।

औषधी बिभागले प्रतिवन्ध लगाएको ट्रामाडोल नामक औषधी लगायत अन्य गैरकानुनी औषधी बेचेको आरोपमा झालाई असोज २ गते प्रहरीले पक्राउ गर्यो । स्थानीयहरुका अनुसार झाले पहिल्यै बाट प्रतिबन्धित औषधी बेच्दै आएको थियो । झाको यस्ता गलत कार्यले ब्यवसायको नाममा खुलेआम लागुऔषाध बेचबिखन र दुव्र्यसनलाई बढुवा गर्ने भन्दै स्थानीयहरुले कार्वाहीको माग सहित चर्को बिरोध समेत गरे ।

यसै सिलसिलामा बेल्टार प्रहरीले उनलाई पक्राउ पनि गर्यो । पक्राउ त गर्यो तर कार्वाही भने गर्न सकेन । जिल्ला प्रहरी उदयपुरका डिएसपी हरिनन्द चौधरीको अनुसार आफ्नो क्षेत्रअधिकार नपर्ने भएकाले प्रहरीले कार्वाही गर्न झालाई नसेको जनाए । तर उनले स्थानीयको आवाजलाई भने भरपुर सघाए । उनले भने, हामि पनि लाऔषाधजन्य पदार्थको नियन्त्रण अभियानमै छौँ, त्यसैले तपाई सचेत नागरिकहरुले उठाएको आवाजमा हामि समाहित हुनेछौँ डिएसपी चौधरीले भनेका थिए ।

झाको अबैधानिक कार्यलाई तत्काल रोक्दै कार्वाही गर्न माग सहित चौदण्डीगढीको सेचत युवाहरु प्रशासनलाई ध्यानाकषंण पत्र बझाउन जिल्ला सम्म आएका थिए । तर कार्याललयमा सिडिओ नभेटेपछि उनिहरुले प्रहरीलाई उक्त ध्यानाकर्षण पत्र बुझाए । सोही सिलसिलामा पत्र लिँदै डिएसपी चौधरीले आफ्नो क्षेत्रअधिकार भित्र रहेर कार्वाही गरेको समेत उनिहरुलाई बताएका थिए । तर औषधी बिभाग आफैमा त्यस्ता ब्यक्तिहरुको कार्वाही गर्ने निकाय भएकाले आफुले सोचेजस्तो कार्वाही झालाई अगाडी बढाउन नसेको डिएसपी चौधरीको भनाई थियो । प्रहरीले झालाई आफ्नो क्षेत्रअधिकार बाहेकका आवश्यक कार्वाही औषधी बिभाग बिराटनगरलाई बुझायो तर बिभागले भने ५० हजार धरौटीमा झालाई छाडिदिए । यस पश्चात फेरी नागरिक बिरोधमा उत्रियो । उनिहरुले झालाई बिभागले फितलो कार्वाही गर्दै लागुऔषाध बेच्न फेरी सहज बनाएको समेत आरोप लगाए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख “प्रहरी उपरिक्षक” (एसपी) रमेश थापा प्रतिबन्धित औषधीलाई लागुऔषाधजन्य औषधीको रुपमा नछुटाईदा दुव्र्यसनले थप स्थान पाएको बताउँछन् । यसरी प्रतिबन्धित औषधीलाई लागुऔषाध नमान्दा प्रहरीलाई कार्वाही गर्न समस्या परेको एसपी थापाको भनाई छ । प्रतिवन्धित औषधीको गैरकानुनी कामहरु बिभागले नै हेर्ने हुँदा मजवुद कार्वाही नहुने र दुव्र्यसन नियन्त्रण नहुने उनको बुझाई छ । प्रतिवन्धित औषधी आफैमा लागुऔषध हो, यसलाई प्रतिवन्धित औषधी चै भनियो तर लागुऔषाधमा समावेश गरिएन प्रहरीले लागुऔषधको ब्यक्तिहरुलाई मात्रै कार्वाही गर्न मिल्छ, ”थापाले भने, । प्रतिबन्धित बिभिन्न ३ ओटा औषधीहरु मिलाएर खाँदा लागुऔषाध बन्ने र औषधिलाई नै लागुऔषाध बनाएर प्रयोगकर्ताहरुले प्रयोग गर्ने एसपी थापाले जनाएको छ । प्रतिबन्धित औषधी आवश्यकताको आधारमा प्रक्रिया पुराएर मात्रै किन बेच गर्न पाउने प्रावाधान छ । अत्यावश्यक ब्यक्तिहरु मुटुरोगी लगायतका ठुलो बिरामीहरुले प्रयोग गर्ने उक्त औषधीहरु लागुऔषधको रुपमा प्रयोग भैरहेको पनि प्रहरी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0