मानसिक स्वास्थ्य समस्याको सुधारमा अग्रसर सिएमसी नेपाल उदयपुर

पूर्णपुष्टि, २२ असोज ।
मानसिक स्वास्थ्य समस्याको क्षेत्रमा काम गर्दै आएका मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालले उदयपुरमा पनि ९ बर्षदेखी सेवा दिईरहेको छ । सामाजिक संस्थाको रुपमा स्थापित यो संस्था झण्डै २० बर्ष अगाडी २००३ तिरै नेपालमा स्थापना भएको हो भने उदयपुरको सन्दर्भमा २०१३ बाट कार्यक्रम सुरु गरिएको थियो । मानसिक स्वास्थ्य समस्या भएको ब्यक्तिहरुको हकहितमा संघर्ष गर्दै आएको सिएमसी नेपालले उदयपुरको बिभिन्न पालिकाहरुमा कार्यक्षेत्र बनाएर काम गरिरहेको अवस्था छ ।

सिएमसी नेपाल उदयपुरकी मनोबिमर्शकर्ता एल्सोदा राईका अनुसार जिल्लाको ४ नगरपालिका र एक गाउँपालिका गरी ५ ओटा पालिकाहरुमा यसले काम गर्दै आईरहेको छ । त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका र रौतमाई गाउँपािलिकामा सिएमसी नेपालको सेवा उपलब्ध रहेको राईको भनाई छ । परिवार, समाज, समुदाय जस्ता क्षेत्रबाट उत्पिडित र उपेक्षित भएका मानसिक स्वास्थ्य समस्याका मानिसहरुको हक अधिकार, स्वास्थ्य शिक्षा, कानुनी समधान जस्ता कार्यमा सिएमसी नेपालको ठुलो सहयोग र योगदान रहेको छ ।
गाउँ समाजमा भएको मानसिक स्वास्थ्य समस्यालाई न्युनिकरण र व्यवस्थापन गर्न लागि परेको यस संस्थाले बिषेशगरी बिशेषज्ञद्धारा सरकारका स्वास्थयकर्मीहरुलाई तालिम प्रदान गर्ने, जिल्ला संञ्जालहरुको स्थापना र शसक्तिकरण, मानसिक बिरामीहरुको पहिचान, औषधी उपचार, कानुनी सहयोग, सचेतना कार्यक्रमहरु लगायतका महत्वपूर्ण क्षेत्रमा बिषेश काम गर्दै आएको छ । सिएमसी नेपालले त्यस्ता ब्यक्तिहरुलाई सहयोग पुराउँदै गर्दा उनिहरुको जिवनयापनमा ठुलो सुधार भएको मनोबिमर्शकर्ताहरुको भनाई छ । सबैले हेला गरी सडकमा छाडेका बिचल्लीत ब्यक्तिहरुले साहारा पाउँदा उनिहरुको जिवन र स्वास्थ्यमा ठुलो सुधार आएको छ । मानसिक अवस्था ठिक नभएको मानिसले सामान्य मानिसहरुले जस्तै सेवासुविधा र स्वास्थ्य उपचार पाएमा त्यो मान्छे पहिले झै सकरात्मक जिवनमा फर्कन सक्ने र त्यसैको निम्ति सिएमसी नेपालले उदयपुरमा पनि ९ बर्षदेखी काम गर्दै आएको छ ।

मनोपरामर्शकताहरुका अनुसार उदयपुरमा मानसिक स्वास्थ्य समस्याको अवस्थाको पहिचान बढ्दो रुपमा रहेको छ । यिनिहरुको नियन्त्रण र उचित व्यवस्थापनका लागि सिएमसी नेपाल स्थानीय सरकारहरु सँग मिलेर काम गरिरहेको अवस्था छ । उदयपुरमा पनि त्यस्ता धेरै मानिसहरुलाई सहज जिवन यापन तर्फ लैजान सिएसी नेपाल सफल भएको उनिहरुको दावी छ । सिएमसी नेपालको काम पछिल्लो समय निकै प्रभावकारी भएको स्थानीय सरकारहरुले जनाएको छ । सबै काम स्थानीय सरकारबाट मात्रै सफल नहुने भन्दै सरकारले गर्नु पर्ने कतिपय कामहरु संघ संस्थाहरुबाट पनि सहयोग भएको स्थानीय सरकारको बुझाई छ । सोही अन्तर्गत सिएमसी नेपालले पनि उदयपुरका मानसिक स्वास्थ्य समस्यामा स्थानीय सरकारलाई टेवा पुराएको बुझाई छ ।

पछिल्लो समय समुदायहरुमा मानसिक स्वास्थ्य समस्याबारे चेतना बृद्धि भएको एल्सोदा बताउँछिन् । उनले संस्थाको काम प्रभावकारी बन्दै जाँदा सबैलाई यसबारे बुझाउन सकिएको प्रति खुसी ब्यक्ति गरिन् । उनीले थप प्रभावकारी बनाउन र समस्या सामाधान गर्न सरकारले पनि साथ सहयोग गर्नु पर्ने बताईन् । पछिल्लो समय स्थानीय सरकारको स्वास्थ्य शाखामा मानसिक स्वास्थ्य समस्याका ब्यक्तिहरुलाई औषधीको लागि बजेट नै छुट्टाईन थालिएको जनाईन् । मानसिक समस्याहरुले पनि सम्मानजनक हिसावले बाँच्न पाउनु पर्ने हक अधिकार रहेपनि उनिहरुलाई व्यवस्थापन गर्न परिवार, समाज र सरकारनै चुकिरहेको अवस्थामा ति व्यक्तिहरुका लागि सिएमसी नेपाल दोस्रो अभिभावकको रुपमा समेत काम गर्दै आएको छ ।

समाजमा बढ्दो मानसिक स्वास्थ्य समस्याको निराकरण र उचित व्यवस्थापन गर्न सरकार आफैलाई पनि चुनौती छ । त्यसका लागि सचेतना कार्यक्रम र दिवस जस्ता कार्यक्रमहरुले पनि ठुलो मदत पुग्छ । सोही सिलसिलामा हरेक १० अक्टोभर, विश्व मानसिक स्वास्थय दिवस मनाईने गरिन्छ । यसै सन्दर्भमा उदयपुरमा पनि यो दिवस मंगलबार धुमधाम मनाईँदै छ । “मानसिक स्वास्थ्य सबैको अधिकार” भन्ने नाराका साथ यस दिवस जिल्लाको त्रियुगा, चौदण्डी र रौतमाई गरी तिन पालिकामा मनाईने भएको हो ।
दिवसले जिल्लाका मानसिक स्वास्थ्य समस्यालाई समधान सहयोग पुग्नुका साथै समस्यामा परेका व्यक्तिहरुलाई उचित व्यवस्थापन गर्न सिएमसी नेपाल र स्थानीय सरकारबीच थप सहज बनाउने बिश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0