संघीय निजामति ऐनको बिरुद्धमा उत्रिए त्रियुगा नगरको कर्मचारीहरु

पूर्णपुष्टि, २२ असोज ।
संघिय निजामति ऐनको बिरोध गर्दै त्रियुगा नगरपालिका माताहतका कर्मचारीहरु आन्दोलनमा उत्रिएको छ । सरकारले जारी गर्न लागेको संघिय निजामति ऐनमा स्थानीय तहका कर्मचारीहरुलाई बाहेस हुने गरी बिधेयक पेश हुन आटेको आरोप उनिहरुले लगाएको छ । १६ नं वडाका वडा सचिव महेश खनालका अनुसार त्रियुगाभरी रहेको सबै शाखाका कर्मचारीहरुले त्रियुगा नगरपालिकामा धर्ना बसेर सरकारलाई दबाब मुलक बिरोध गरेको जनाए ।

खनालले संघ र प्रदेशलाई मात्रै सहज हुने ऐन जारी भएको हुँदा तत्काल सच्चाउनु पर्ने माग सहित देशैभरीका ७५३ ओटै स्थानीय तहका कर्मचारीहरु लगतार आन्दोलनमा रहेको जनाए । १२ गतेबाट सुरु भएको आन्दोलन सरकारले अटेर गरेमा १९ गतेबाट भने कार्यालयनै ठप्प पार्ने कार्यक्रम रहेको थियो । सोही अनुरुप त्रियुगाका सबै काम कार्वाही ठप्प हुनेगरी उनिहरुले नगरपालिकामा माग सहितको ब्यानर टाँगेर धर्ना बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0