उदयपुर कटारीकी धनकुमारी बुढाथोकी १२ दिनदेखी बेपत्ता

पूर्णपुष्टि, असोज २३ । उदयपुर कटारीकी एक महिला १२ दिनदेखी बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा कटारी–२ खोक्साकी ३९ बर्षीय धनकुमारी बुढाथोकी रहेकी छिन् ।

भदौ १२ गते शुक्रबार बिहान पौने १० बजे उदयपुरबाट सिराहाको लहान जाने भन्दै हिडेकी धनकुमारी सम्पर्क बिहिन भएको उनका श्रीमान खील बहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार श्रीमति बेपत्ता हुनुभन्दा २ दिनअघि असोज १० गते बिहान ३५ सेकेण्ड कुराकानी भएको थियो ।

खीलबहादुर भने ६ महिना यता बैदेशिक रोजगारका लागी मलेसियामा छन् । ड्युटीबाट फर्किएर खाना पकाउदै गर्दा श्रीमतिले अन्तिम पटक फोन गरेको उनले बताए । धनकुमारीको खोजीका लागी आफन्तले ईलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएको र माईत, नलनाता, इष्टभित्र सबैतिर सोधि खोजी गर्दा पनि फेला नपरेको उनले बताए ।

दुई सन्तानकी आमा धनकुमारीसँग आफ्नो बिवाह भएको २२–२३ वर्ष बितिसक्दा पनि कहिल्यै मनमुटाव नभएको श्रीमान् खीलबहादुरको भनाई छ । अहिलेसम्म कसैले कसैलाई एक बचन नराम्रो शब्द नि नबोलेको उनले बताए । श्रीमति बेपत्ता भएपछि साना छोराछोरी मात्र रहेको घर लथालिंग बनेको भन्दै धनकुमारीको खोजीकार्यमा सहयोग गर्न उनले सबैमा आग्रह गरेका छन् । उनलाई कसैले देखेमा वा फेला पारेमा नजिकैको प्रहरी चौकी अथवा मोवाईल नम्बर ९८५२८४५९०२, ९८१८७०७२१०, ९८१८४८०३७७ र ९८६४००२२४८ मा खबर गरिदिनहुन श्रीमान खीलबहादुरले अनुरोध गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0