प्यारालाईसिस पिडित भैरवलाई किरात राई यायोख्खा त्रियुगा नगरको आर्थिक सहयोग

पूर्णपुष्टि, २३ असोज ।
गरिबीले थलिएको प्यारालाईसिस पिडित भैरब राईलाई किरात राई यायोख्खा त्रियुगा नगर कार्यसमितिर्ले आर्थिक सहयोग गरेको छ । त्रियुगा नगरपालिका वडा नं १३ खोरिया टोल निवासी ५५ बर्षिय राईलाई त्रियुगा नगर कार्यसमितिले आर्थिक सहयोग गरेको हो । यायोख्खा नगर कार्यसमितिका अध्यक्ष डिल्लीशेर राई सहितको टोलीले राईको घरमै पुगेर रु ७ हजार ५० आर्थिक सहयोग गरेको हो ।

अध्यक्ष राई र नगर कार्यसमितिको पहलमा साकेला पार्क सरसफाई गर्ने क्रममा भैरव राईलाई आर्थिक सहयोग जुटेको हो । राईले सरसफाईकै क्रममा राईको अवस्थाबारे जानकारी गराउँदै आर्थिक संकलन गरेका थिए । ५ महिना देखी प्यारालाईसिसले थलिएको भैरवको आफन्तको नाममा श्रीमती बाहेक कोही नरहेको अध्यक्ष राईले जनाए । उनको छोराछोरी भएपनि काहाँ छ कुन अवस्थामा छ भन्ने कुनै अत्तोपत्तो छैन् । सानो झुपडीमा जिवन विताईरहेका दुई श्रीमान श्रीमतीलाई अहिले संकट आईपरेको छ । भैरब आफै प्यारालाईसिसको सिकार भएपछि परिवार थप बिचल्लीत बनेको हो । छिमेकीको साथ सहयोगले सँधै नचल्ने भएपछि उनिहरु सास न बासको भएको अवस्था छ । सोही समस्याको पहिचान गरी अध्यक्ष राई सहित नगर सविच पेशल राई, यायोख्खाको ११ नं सदस्य प्रबर्धन राई लगायतको टोलीले बेसाहारा राईलाई थोरै भएपनि आर्थिक सहयोग उपलब्ध गराएको हो । अध्यक्ष राईले अन्य ठाउँबाट पनि साथ सहयोग गरी सहयोग गरिदिन अपिल समेत गरे । राई पुख्र्यौली घर बुईपाबाट बसाई आएका थिए । राईले सहयोग गर्ने यायोख्खा संस्थालाई धन्यवाद दिए । राईले आफुलाई औषधी खान सहयोग पुगेको भन्दै थप सहयोगका लागि अन्य क्षेत्रबाट पनि सहयोगको अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0