उदयपुरमा लागुऔषध सहित २ जना पक्राउ

पूर्णपुष्टि, असोज २४ । उदयपुरमा लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ बर्षीय बिकाश भन्ने चन्द्र शेखर राई र ३० बर्षीय विगेस राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

मंगलबार त्रियुगा नगरपालिका ६ स्थित लालपत्तामा प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहाले जानकारी दिए । डिएसपी दाहालका अनुसार स.६ प८५४२ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले डाईजोपाम, बुप्रिनोफ्रिन, फेनार्गन गरी ७५ एम्पुल बरामद गरेसँगै उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0