उदयपुर प्रहरीको “एमडिआई” अभियान : धमाधम पक्राउ पर्दै लागुऔषाध कारोबारी र प्रयोगकर्ता

पूर्णपुष्टि, २३ असोज ।

उदयपुरको बढ्दो लागुऔषाध नियन्त्रण गर्न प्रहरीले मिसन ड्रग इन्सेप्ट (एम.डि.आई) अभियान संञ्चालन गरेको छ । उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाले नियन्त्रण र कानुनी कर्वाही तथा संञ्जाल क्षयीकरण, सुधार र पूनः सामाजिकरण सहितको अभियान संञ्चालन गरेको जनाए ।

एसपी थापाका अनुसार लागुऔषाध नियन्त्रण गर्न कानुनी कार्वाही मात्रै सबथोक नरहेको जनाए । उनले कानुनी कार्वाही बाहेकको अन्य सचेतना कार्यक्रम, संञ्जाल क्षयीकरण सँगै सुधार तथा सामाजिकीकरणको समेत आवश्यक रहेको जनाए । दुव्र्यसनीमा फसेकाहरुलाई कानुनी कार्वाहीले मात्रै हुँदैन उनिहरुलाई बैचारिक परामर्श पनि गराउनु पर्छ, उनिहरुको मन र इच्छाबाटै लागुऔषाध हटान परामर्शको अत्याआवश्यक पर्छ, “एसपी थापाले भने, ।

सोही अनुरुप उदयपुर प्रहरीले भने कार्वाही वाहेकको अन्य उपायहरु पनि अपनाएको हो । एसपी थापाले आफु उदयपुर आएर जिम्मेवारी सम्हालेपछि मात्रै पनि जिल्लामा १५ ओटा लागुऔषाध मुद्धा दर्ता भैसकेको जनाए । एमडिआई मार्फत उदयपुर प्रहरीले प्रतिबन्धित लागुऔषाध जन्य औषाधी देखी मलद्धार भित्र लुकाएर ल्याएको लागुऔषाध समेत बरामद गर्न सफल भएको छ । दशैँ तिहार पछि तत्कालै पक्राउ परेका कारोवारी र प्रयोगकर्ताहरुलाई बिषेश परामर्शको कार्यक्रम रहेको समेत थापको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0