खुकुरी प्रहारबाट महिलाको हत्या

पूर्णपुष्टि, असोज २४ गते । सुनसरीमा महिलाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर साल्पासिलिचोक ९
का ४९ बर्षीय निमा तामाङ रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार सोमबार साझँ ४ बजे इटहरी उप–महानगरपालिका–१७ कि कमला तामाङलाई उनकै ज्वाई नाता पर्ने निमा तामाङले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा घाँटीमा खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।

ज्वाईको खुकुरी प्रहारबाट घाईते भएकी तामाङको उपचारको क्रममा आर्या न्युरो अस्पताल बिराटनगरमा सोही दिन साँझ मृत्यु भएको डिएसपी दाहालले बताए । खुकुरी प्रहार गर्ने तामाङलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको र घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको डिएसपी दाहालले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0