गाईघाटका दुई युवा लागुऔषाध सहित पक्राउ

पूर्णपुष्टि, २४ असोज ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले गाईघाटका दुई युवालाई लागुऔषाध सहित पक्राउ गरेको छ । लाहानबाट गाईघाट आउने क्रममा मंगलबार ५ बजेको समयमा लालपत्ता प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं १० बोक्से बस्ने
वर्ष ३५ को विकाश भन्ने चन्द्रसेखर राई र सोहि स्कुटरको पछाडि सवार त्रियुगा नगरपालिका ११ शिवालय टोल वस्ने वर्ष ३० को विगेस राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुको साथबाट फेनार्गन २५ एम्पुल, ब्रुपिनोर्फिन २५ एम्पुल, डाईजेपाम २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागुऔषाध फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्द चौधरीले जानकारी दिए । लागुऔषाध सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

उनिहरुलाई थप १० दिनको म्याद थप गरी अन्य आवश्यक अनुसन्धान गरिरहेको छ । उनिहरु सवार स.६।प ८५४२ नं को स्कुटरलाई शंका लागि चेकजाँच दुवैको साथबाट लागुऔषाध प्रहरीले फेला पारेका थिए । लागुऔषाध नियन्त्रण र रोकथामका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरले एमडिआई अभियान समेत संञ्चालन गरेको छ । सोही अभियान मार्फत प्रहरीले उनिहरुलाई पक्राउ गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0