गाईघाटको नेपाल स्प्रिङ वाटरले दुषित पानी खुवाउँदै, जारमा फोहोर र लार्भा

पूर्णपुष्टि, २५ असोज ।
गाईघाटको एक पानी उद्योगको जारमा फोहोर फेला परेको छ । त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित त्रियुगा पुल नजिकै रहेको नेपाल स्प्रिङ प्रषोधित खानेपानीले सर्वसाधारणलाई उपलब्ध गराएको जारमा लामखुट्टेको लार्भा र अन्य धुलोहरु फेला परेको हो ।

उक्त पानी दुई दिन अघिमात्रै कम्पनीले एसपी सप्लायर्समा दिईएका थिए । पसलमा आउने ग्राहकले पानी खान खोज्दा किरा छ भनेपछि पसल संञ्चालक पवन राउतले राम्ररी हेर्दा जारभरी लार्भा रहेको जनाए । उनले उक्त पानी कम्पनीका कर्मचारीलाई बोलाएर बुझाएको छ । उक्त उद्योगमा काम गर्ने कर्मचारीहरुले आफुहरुले दिँदा किरा नभएको जनाए । कसरी त्यस्तो भयो उनिहरु आफै छक्क परेका छन् । कम्पनीले जारमा स्टिकर समेत टाँसेको अवस्था छैन भने उत्पादन गर्ने स्थानमा बोर्ड सम्म नराखी संञ्चालन गरिएको अवस्था छ । उक्त पानी उद्योग राम कुमार बस्तेतले संञ्चालन गरिरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0