गाईघाटको काल्स फार्मेसीका संचालक चौधरी पक्राउ

पूर्णपुष्टि, असोज २६ । उदयपुरको सदरमुकाम गाईघाटमा प्रतिबन्धित औषधि बिक्रि वितरण गरेको आरोपमा एक फार्मेसीका संचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ बस्ने ३६ बर्षीय सरिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार बुधबार दिउँसो साढेँ ४ बजेको समयमा काल्स फार्मेसिका संचालक चौधरीलाई प्रतिबन्धित औषधि सहित पक्राउ गरिएको हो ।

प्रतिबन्धित औषधि बिक्रि वितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले डि.एम.गेटमा रहेको फार्मेसीमा रितपुर्वक खान तलासी गर्दा अवैध रुपमा राखिको स्पासपेन–१९६० ट्यावलेट, वेगावेलेन– ८ पत्ता (८० ट्यावलेट) गरी जम्मा २०५० ट्यावलेट बरामद गरेसँगै चौधरीलाई नियन्त्रणमा लिएको एसपी चौधरीले बताए । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा आवश्यक अनुसन्धान पश्चात कार्वाहीको लागी विराटनगर स्थित औषधी व्यवस्था बिभाग पठाईएको एसपी चौधरीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
7
+1
1
+1
1
+1
0