स्व.चित्र कुमारी लिम्वु स्मृति फुटवल प्रतियोगिताको टाईसिट सार्वाजानिक

पूर्णपुष्टि, २६ असोज ।
यहि कार्तिक ३ देखी सुरु हुने स्व. चित्र कुमारी लिम्वु स्मृति तेस्रो मलिथम फुटवल प्रतियोगिताको टाईसिट सार्वजानिक भएको छ । आयोजक मलिथम थारु सेवा समाजले प्रतियोगितामा ८ ओटा टिम सहभागी रहने गरी टाईसिट सार्वजानिक गरेको हो । समाजका अध्यक्ष संजय चौधरीका अनुसार उक्त प्रतियोगिता गाईघाट स्थित थारुहट रंगशालामा हुने छ । प्रतियोगिताका लागि आफुहरु तिव्र गतिमा लागि परिरको पनि चौधरीले जनाए । क्रिमशन मेशनरी अटो पार्टसले प्रयोजक गरेको उक्त प्रतियोगिताका बिजेता टिमले रु ३० हजार नगद ट्राफि र मेडल पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0