त्रियुगा उद्योग बाणिज्य संघको नेतृत्वमा गाईघाट बजार परिसर सरसफाई

पूर्णपुष्टि, २७ असोज ।
नजिँकदै गरेको, दशैँ, तिहार र छैठ लगायतको चाँडबाँडलाई लक्षित गर्दै गाईघाट बजारमा सरसफाई गरिएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अगुवाईमा त्रियुगा नगरपालिका, सुरक्षा निकाय, गैरसरकारी संघ संस्था, रेडक्रस सोसाईटी नेपाल, पत्रकार महासंघ लगायत १६ ओटा नियकाहरुले संयुक्त रुपमा सरसफाई गरेको हो । संघका अध्यक्ष रमेश रसाईलीले डेँगुलाई समेत लक्षित गरि सरसफाई गरिएको जनाए ।

चाँडबाँड सँगै डेँगुलाई पनि सरसफाईबाटै नियन्त्रण गर्न सकिने भन्दै उक्त सरसफाई अभियान संञ्चालन गरिएको जनाए । यस अभियानलाई अब लगतार संञ्चालन गर्ने र गाईघाट बजारलाई फोहोर मुक्त सहर खडा गर्ने रसाईलीको भनाई छ । पिपलचोक बाट गरिएको सरसफाई अभियान बसपार्क सम्म गएर टुंगिएको थियो । बाँकी सरसफाई अन्य ठाउँहरुमा गर्दै जाने उनले जनाए । सरसफाई सँगै दशैँ तिहार छैठको शुभकामना समेत व्यक्त गिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0