श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

पूर्णपुष्टि, असोज २७ । झापामा श्रीमतीको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम फाकफोकथुम घर भई दमक–१ स्थित डेरामा बस्दै आएका २२ बर्षीय दिनेश सुनुवार रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार असोज २५ गते बिहीबार राती ११ बजेको समयमा मादक पदार्थ सेवन गरी आएका सुनुवारले २१ बर्षीय श्रीमती सुनिता सुनुवारलाई कुटपिट गरी घाईते बनाएका थिए । घाईते भएकी सुनिताको दमक अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उनको उपचारको क्रममा शुक्रबार मृत्यु भएको डिएसपी दाहालले बताए ।

श्रीमती कुटपिट गर्ने सुनुवारलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको उनले बताए । पक्राउ परेका सुनुवारको सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0