उदयपुरमा ६८ औं प्रहरी दिवस मनाइयो

पूर्णपुष्टि, असार ३० । उदयपुरमा ६८ औं प्रहरी दिवस मनाईएको छ । मंगलबार जिल्ला अदालत उदयपुरका माननीय न्यायधिस नवराज दुलालको अतिथ्यमा प्रहरी दिवस सम्पन्न भएको हो ।

प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । प्रहरी दिवसमा ब्याटमिनटन र भलिबलका विजयी खेलाडीहररुलाई पुरस्कृत गरिएको थियो । असोज १८, १९ र २० गते जिल्ला ब्याटमिनटन संघ उदयपुरको कवर्ड हलमा खुल्ला ब्याटमिन्टन प्रतियोगिता भएको थियो भने २१ र २२ गते अन्तर प्रहरी ईकाइ भलिबल प्रतियोगिता भएको थियो ।जिल्ला प्रहरी कार्यालय तथा मातहतका ईकाईहरुमा कार्यारत कर्मारीहरु मध्ये अत्यन्तै अनुसाशित, इमान्दार, कर्तव्यनिष्ट र लगनशिल भई तोकिएको जिम्मेवारी रचनात्मक, सिर्जनसिल र व्यवसायिक तवरबाट सम्पन्न गरी उत्कृष्ट कार्य सम्पादन गर्ने २४ जना प्रहरी कर्मचारीहरुलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न पदका पूर्व प्रहरीहरुलाई दोसल्लाले सम्मान गरिएको थियो ।बिशिष्ट अतिथिमा चौ.न.पा.का मेयर कुलुमान लामा, बे.न.पा.का मेयर अशोक कार्की, क.न.पा.का मेयर राजेशचन्द्र श्रेष्ठ, ता.गा.पा.का अध्यक्ष ढुङ्गाराज विश्वकर्मा, रौ.गा.पा.का अध्यक्ष बिरेन्द्र कुमार मगर, त्यस्तै विशेष अतिथिमा त्रि.न.पा.का उपमेयर महेश्वरी राई, उ.गा.पा.का उपाध्यक्ष जित बहादुर खड्का, निमित्त प्रहरी जिल्ला अधिकारी बिनोद कुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रमेश थापा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0