उदयपुरमा एक पुरुषको हत्या आरोपमा बाबु–छोरा पक्राउ

पूर्णपुष्टि, कार्तिक १ । उदयपुरमा एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले बाबु छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ७ सुक्लाईका चन्द्र कुमार सार्की र निजको छोरा तेज कुमार सार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार २०८०।०४।११ गते २०:०० बजेको समयमा सोही ठाउँ बस्ने रमेश कुमार सार्कीलाई बाबुको आदेशमा छोराले चिरपटले हानि पेट फुटाई गम्भिर घाईते बनाएका थिए । उजुरीको आधारमा असोज १३ गते चन्द्र बहादुर सार्कीलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारवाहिको दायरामा ल्याईएको डिएसपी चौधरीले बताए ।

घाईते सार्कीको उपचारको क्रममा असोज १५ गते साढेँ २ बजेको समयमा मृत्यु भएपछि ज्यान मार्ने उद्योग मुद्दा कर्तव्य ज्यानमा परिणत भएको डिएसपी चौधरीले जनाए । त्यस्तै बाबुको आदेशमा चिर्पट प्रहार गरी फरार रहेका तेज बहादुर सार्कीलाई भदौ ३० गते घर गाउँमा नै लुकीछिपि बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानको कार्य भईरहेको प्रहरीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
6