प्रथम फर्सेट ओपन च्यालेन्ज कपको उद्घाटन खेलमा क्रेजी फुटबल क्लब श्रीपुर र चाप फुलबल क्लब विजयी

पूर्णपुष्टि, कार्तिक २ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ४ बगाहा फर्सेटस्थित प्रथम फर्सेट ओपन च्यालेन्ज कपको उद्घाटन खेलमा क्रेजी फुटबल क्लब (श्रीपुर) र चाप फुलबल क्लब विजयी भएका छन् ।स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद भन्ने नारका साथ फर्सेट फुटबल क्लबले प्रथम फर्सेट ओपन च्यालेन्ज कप (२०८०) फुटबल प्रतियोगिता आयोजना गरेको हो । बिहिबार दिउँसो २ बजे क्रेजी फुटबल क्लब (श्रीपुर) र लाङ्गाली युवा समुह (जलजले) बिचको उद्घाटन खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा क्रेजी फुटबल क्लबले लाङ्गाली फुटबल क्लबलाई ७–६ गोलले पराजित गरेको हो ।श्रीपुरको लागी जर्सी नं १८ का असिम राई, जर्सी नं ६ का सुविन खड्का, जर्सी नं ८ का समिर तामाङ, जर्सी नं १५ का मुकेश चौधरी र जर्सी नं १० का अमित मगरले गोल गरे भने लाङ्गालीका लागी जर्सी नं ८ का नविन तामाङ, जर्सी नं ३ का भावेश चौधरी, जर्सी नं ७ र ९ ले गोल गरे । यस खेलमा लाङ्गेलीका एकराज कार्की म्यान अफ द म्याच भएका छन् ।त्यसपछि ४ बजे चाप फुलबल क्लब र सिर्जनशिल युवा क्लब (राईटोल) बिच भएको अर्को खेल पनि निर्धारित समयमा गोर रहित बराबरीमा रोकिएपछि टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा चाप फुलबल क्लबले सिर्जनशिल फुटबल क्लबलाई ५–४ गोलले पराजित गरेको हो । चापका लागी अर्विन राई, बाबुराम कार्की, रेबत कार्की, बालकृष्ण राई र भुवन खत्रीले गोल गरे भने राईटोलका स्कार राउत, मिलन दनुवार, नवल तामाङ र एलिस खड्काले गोल गरे । यस खेलमा चापका एकराज कार्की म्यान अफ द म्याच भएका छन् ।आजबाट सुरु भएको प्रथम फर्सेट ओपन च्यालेन्ज कपको फाईनल खेल कार्तिक ५ गते दिउँसो तिन बजे हुनेछ । ९ टिमको सहभागिता रहेको यस प्रतियोगिताको विजेताले प्रमाण पत्र, मेडल, ट्रफी सहित नगद रु. १५ हजार प्राप्त गर्नेछन भने दोस्रो टिमले प्रमाण पत्र, मेडल, ट्रफी सहित नगद रु. ७ हजार प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0