उदयपुरमा ३८ किलो गाँजा सहित २ जना पक्राउ

पूर्णपुष्टि, कार्तिक ३ । उदयपुरमा लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ बर्षीय गणेश बहादुर मगर र ३३ बर्षीय बिर बहादुर मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार आज राती १ बजे कटारी ६ देउलीकुना स्थितबाट उनिहरुलाई लागुऔषध गाँजा सहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले १९–१९ किलो गाँजा दुई ओटा बोरामा बोकी कटारी ल्याउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको डिएसपी दाहालले बताए । पक्राउ परेका दुवै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
1
+1
3
+1
0
+1
0