पूर्व खेलाडी सुमन राईद्धारा बर्गाछी फुटबल क्लब साउनेलाई जर्सी सेट सहयोग

पूर्णपुष्टि,कार्तिक ४ । उदयपुुरको साउनेमा अवस्थित बर्गाछी फुटबल क्लबलाई पूर्व खेलाडी सुमन राईद्धारा १५ सेट जर्सी सहयोग प्राप्त भएको छ । जिल्लाको त्रियुगा नगरपालिका-१४, नम्बर वडा साउने वर्गाछी फुटबल क्लवका पूर्व खेलाडी समेत रहेको राईले दशै तिहार लक्षीत वडा स्तरिय प्रतियोगिताहरुमा सहभागिताको लागि जर्सी सेट प्रदान गरेको हो ।

सामाजिक कार्यमा विभिन्न तहतत्काबाट सहयोग पुर्याउँदै आएका राईलका आफन्त मार्फत शनिवार स्थानीय फिल्डमा क्लवका कोच पवन राईलाई संयुक्त जर्सी हस्तान्तरण गरेका हुन् । पारिवारीक वाध्यताले परदेश रहेका समाज सेवी राई हाल मलेसियाको एक कम्पनीमा कार्यरत छन् । उनले गएको वर्षहरुमा पनि स्थानीय खेल क्षेत्र विकासको निम्ती महत्वपूर्ण सहयोगहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0