स्व. चित्र कुमारी चौधरी (लिम्वु) स्मृति तेस्रो मलिथम फुटबल प्रतियोगिताको उपाधी लक्ष्मीपुर फुटबल क्लबलाई

पूर्णपुष्टि, कार्तिक ६ । स्व. चित्र कुमारी चौधरी –लिम्वु– स्मृति तेस्रो मलिथम फुटबल च्यापियन सिपको उपाधी लक्ष्मीपुर फुटबल क्लबले जितेको छ । गाईघाटको थारुहट रंगशालामा सोमवार सम्पन्न प्रतियोगितामा लक्ष्मीपुर फुटबल क्लबले रातापानी फुटबल क्लब बेलाहलाई फराकिलो गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो । प्रतियोगितामा लक्ष्मीपुरले रातापानीलाई ५–० गोल अन्तरले हराएको हो ।

बिजेता टिम लक्ष्मीपुरले प्रमाण पत्र, मेडल, ट्रफी र रु. ३५ हजार पुरस्कार प्राप्त गरे भने उपविजेता रातापानीले प्रमाण पत्र, मेडल, ट्रफी र रु.२५ हजार नगद हात पारेको हो । विजेता टिमलाई प्रमुख अतिथि स्व. चित्र कुमारी चौधरी (लिम्बु) को ससुरा बुबा तथा समाज सेवी महेन्द्र चौधरीले पुरस्कार हस्ताण्तरण गरेका थिए भने उपविजेता टिमलाई त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीले पुरस्कार हस्ताण्तरण गरेका थिए ।

लक्ष्मीपुरका लागी कप्तान रवी शंकर चौधरीले ह्याट्रिक गोल गरे भने पुष्पराज चौधरी र अनिश चौधरीले समान १–१ गोल गरे । कप्तान चौधरीले पहिलो हाफको ३७ औ. मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै लक्ष्मीपुरलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको आग्रता लिएको लक्ष्मीपुरका लागी दोस्रो हाफको २३ औं मिनेटमा पुष्पराज चौधरी र २५ औं मिनेटमा अनिश चौधरीले गोल गर्दै ३–० को आग्रता बनाए । त्यपसपछि खेलको ३० औं मिनेटमा कप्तान चौधरीले लक्ष्मीपुरका लागी चौथौं गोल गरे भने ३५ औ. मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पुरा गरे । यस खेलमा म्यान अफ द म्याच लक्ष्मीपुरका कप्तान रवी शंकर चौधरी भए ।

यस्तै सान्त्वनामा पर्न सफल नव सार्वजनिक युवा क्लबले ट्रफी प्राप्त गरेको छ । कार्तिक ३ गतेबाट सुरु भएको प्रतियोगितामा ८ ओटा टिम सहभागी रहेका थिए । थारु समुदायका युवाहरुलाई लक्षित गर्दै मलिथम थारु सेवा समाज उदयपुरले फुटबल प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितालाई क्रिमशन मेशेनरी पार्टस् सप्लायर्स एण्ड टे«डर्सले आर्थिक सहयोग गरेका थिए । उक्त टे«डर्स स्वर्गिय चित्र कुमारी चौधरी –लिम्वु) को श्रीमान सुनिल चौधरीले संञ्चालन गर्दै आएको छ । स्वर्गिय चित्र कुमारी चौधरी लिम्वुको गत बर्ष असोज १५ गतेका दिन करेन्ट लागि मुत्यु भएको थियो । उनको जन्म र मुत्यु असोज १५ गते एकै मिति र एकै बार भएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0