साउनेमा ‘दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिता-२०८०’ सुरु

पूर्णपुष्टि,काक्तिक १० । उदयपुरको त्रियुगा नगरपालिका वडा नं.१४ साउनेमा आजबाट ‘दोस्रो वडा स्तरिय फुटबल प्रतियोगिता-२०८०’ सुरु भएको छ । शुक्रवार डहर फुटबल क्लवको आयोजना साथै स्थानीय युवहरुको रोहवरमा दशै तिहारलाई लक्षीत गरी वडा स्तरिय खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन स्थानीय युवा नेता तथा समाज सेवीहरुद्धारा मुख्य रेफ्रि अनमोल राईलाई संयुक्त बल हस्तान्तरण गर्दै खेल सुर भएको हो । उद्घाटन पहिलो खेलमा वगार्छी फुटबल क्लव(वि) र आयोजक(ए) बिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा (बरगाछी)ले आयोजकलाई ट्राईवेकर मार्फत ३को विरुद्ध ४ गोल गर्दै वगार्छीले सुरुवाती जित निकालेको छ । यस्तै प्रतियोगिताको दोस्रो खेल बरगाछी(ए) र साउने फुटबल क्लव(ए) बिच प्रतिस्पर्धा भएको थियो । दोस्रो खेलमा भने साउनेले बरगाछी(ए)लाई ७ गोलले पछि पर्दै साउने फुटबल क्लव(ए)ले फराकीलो जित निकालेको छ ।

यस्तै भोलि शनिवार हुवास फुटबल क्लव(ए)ले पञ्चकन्या फुटबल क्लवसंग पहिलो खेल खेल्ने छन् । यता दोस्रो खेलमा हवास(वि)ले आयोजक(वि)संग सामना गर्ने आयोजकले बताएको छ ।

प्रतियोगितामा वडा भित्रका १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम हुने टिमलाई नगद रु,१० हजार मेडल,प्रमाण-पत्र प्रादान गरिने आयोजकले जनाएको छ । यस्तै द्धितिय हुने टिमले नगद रु,५ हजार मेडल,प्रमाण-पत्र प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0