गोलबजार स्पोर्टस क्लव सिरहालाइ हराउँदै त्रियुगा नगरपालिका फाईनलमा प्रवेश

पूर्णपुष्टि,काक्तिक १२ । सिरहाको महुलीमा जारी श्री जनचेतना ४२औँ रनिङ शिल्ड फुटबल प्रतियोगितामा गोलबजार स्पोर्टस क्लव सिरहालाई हराउँदै त्रियुगा नगरपालिका गाईघाट फाईनलमा प्रवेश गरेको छ । आईतवार जनचेतना माविको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा गोलबजारलाई १को विरुद २ गोल गर्दै त्रियुगा नगरपालिका गाईघाटले फाईनलका लागि आफ्नो स्थान सुरक्षित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्ममा गाईघाटको तर्फबाट टिम कप्तान सुदिप श्रेष्ठले व्यक्तिगत २ गोल गर्दा सिरहा भने १ मै सिमित रह्यो । यस संगै आगामी १४ गते हुने फाईनल खेल त्रियुगा नगरपालिका गाईघाटले धनुष विरुद्ध खेल्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0