टी–२० विश्वकप एसिया छनोटमा नेपालको सुखद सुरुवात

पूर्णपुष्टि, कार्तिक १३ । टी–२० विश्वकप फाइनल एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको छ ।

सोमबार बिहान कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १४६ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो ।

नेपालका लागी ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । उनले ४८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । अर्का ओपनर आशिफ शेखले २६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रनको योगदान गरे । दोस्रो विकेटका लागी मैदान प्रवेश गरेका कप्तान रोहित पोडैलले २ छक्का र २ चौका प्रहार गर्दै ३५ रन र तेस्रो विकेटका लागी मैदान प्रवेश गरेका कुशल भुर्तेल ६ रनमा नटआउट रहे ।

यसअघि टस जितेर ब्याटिङ गरेको सिंगपुरले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । नेपालका लागी अभिनास बोहराले ३ विकेट लिए भने गुल्सन झा, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए ।

एसिया छनोटमा ८ टिमको सहभागीता रहेको छ । ८ टिमलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा आयोजक नेपाल सहित ओमान, मलेसिया र सिंगापुर रहेका छन् भने समुह ‘बी’ मा यूएई, बहराइन, कुबेत र हङकङ रहेको छ । समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। एसिया छनोटको फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0