उदयपुरमा ब्राउन सुगर सहित २ जना पक्राउ

पूर्णपुष्टि, कार्तिक १६ । उदयपुरमा लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईनरुवा न.पा.६ बस्ने ४५ बर्षीय सलिम मिया र भारत देश बिहार राज्य जिल्ला सुपौल भिमनगर थाना वडा नं.१२ बस्ने ४८ बर्षीय प्रमोद गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बुधबार साझँ साढेँ ४ बजेको समयमा उनिहरुलाइ लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो । जिप्रका उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले चौदण्डीगढी न.पा.९ भिमा स्थितमा पूर्वबाट पश्चिम तर्फ आँउदै गरेको को २८ प ४९६८ नं.को मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा प्रमोद गुप्ताको साथबाट ८१ ग्राम ५५० मिलिग्राम लागुऔषध ब्राउन सुगर खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारेसँगै उनिहरुलाई नियन्त्रण्मा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका दुवै जनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको डिएसपी चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0