राजसंस्थाको लोकप्रियता देशैभरी बढीरहेको छ : रबिन्द्र मिश्र

पूर्णपुष्टि, १६ कार्तिक ।
राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का बरिष्ठ नेता रबिन्द्र मिश्रले राजसंस्थाको लोकप्रियता देशैभर बढ्दो अवस्थामा रहेको जनाए । उनले पछिल्लो सयम नेपाली जनताहरुमा पूर्व पश्चिम सबै तिर राजससंस्थाको बढ्दो आकर्षक रहेको दाबी गरे । उनले काठमाण्डौँको भक्तपुर नेवा वस्तीहरुमा समेत राजसंस्थाको लोकप्रियता उत्कर्षमा पुगेको जनाए । कठोर गणतन्त्रवादी भक्तपुरको नेवा समुदायहरु समेत राजा प्रति आकर्षक भैसकेको अवस्था छ, उनले भने ।

बिहिबार गाईघाट स्थित पार्टी कार्यालयमा पत्रकार सँगको भेटघाटमा मिश्रले जनताको आवश्यकता अनुसार राजसंस्था पर्किने पनि दावी गरे । उनले राजसंस्था नेपालको आवश्यकता रहेको भन्दै संघियता रहिरहेमा देशले सुख नपाउने जनाए । अहिलेको सरकार घस्रिरहेको छ, दलिय करणमा फसिरहेको छ, उनले भने, । मिश्रले देश लयमा फर्कन राज संस्था बाहेकको अन्य बिकल्प नरहेो समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0