टि २० विश्वकप छनोटमा युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

पूर्णपुष्टि, कार्तिक १७ । आईसिसि टि २० विश्वकप एसिया अन्तिम छनोटको सेमिफाईनलमा युएईले नेपाललाई जितको लागी १३५ रनको लक्ष्य दिएको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको हो ।

युएईका लागी वृत्य अरविन्दले अर्धशतक पुरा गरे । उनले ५० बलमा २ छक्का र ८ चौका प्रहार गर्दै ६४ रन बनाए । ओपनर मोहम्मद वासिमले ३ चौका र २ छक्का प्रहार गर्दै २७ बनाए । अलिशान सराफुले १६ रन, आशिफ खानले १३ रन बनाए ।

युएईले ३० रन बनाउँदा दुबै ओपनर गुमाएको थियो । ओपनर खालिद शाहलाई ३ ओभरमा बलिङ गर्न आएका सोपाल कामीले पहिलो बलमा ३ रनमा आउट गराए भने अर्का ओपनर मोहम्मद वासिमलाई चौथो बलमा २७ रनमा करण केसीबाट क्याच आउट गराए ।

त्यस्तै ९.५ ओभरमा युएईको ६२ रन हुँदा आशिफ खानलाई सन्दिप लामिछानेले १३ रनमा आउट गराए भने १३.३ आभरमा ८८ रनहुँदा कुशल मल्लले अलिशान सराफुलाई १६ रनमा क्याच आउट गराए । १५.५ ओभरमा कप्तान रोहित पौडेलले युएईको १०० रन हुँदा अली नासीरलाई ४ रनमा कुशल भुर्तेलबाट क्याच आउट गराए । १७.१ ओभरमा युएईको ११८ रन हुँदा बासील हमिदलाई सन्दिप लामिछानेले १ रनमा गुल्सन झाबाट क्याच आउट गराए । अन्तिम ओभरमा कुशल मल्लले तिन विकेट लिए । उनले १९.१ ओभरमा वृत्य अरविन्दलाई ६४ रनमा गुल्सन झाबाट १९.३ ओभरमा आयान खानलाई कुशल भुर्तेलबाट र अन्तिम बलमा युएईका सिद्धिकीलाई रन आउट गराका थिए ।

यो खेल जित्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। किनकी नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ। नेपालले पहिलो पटक २०१४ को विश्वकप खेलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0