त्रियुगामा जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको छोराछोरी सामुदायीक विद्यालयमा अनिवार्य

पूर्णपुष्टि, १७ कार्तिक ।
उदयपुरको त्रियुगा नगरपालिकाले सामुदायी विद्यालयलाई गुणस्तर बनाउने उदेश्यले महत्वपूर्ण निर्णय गरेको छ । त्रियुगा नगरपालिकामा काम गर्ने कर्मचारी, जनप्रतिनिधि र त्रियुगाका सम्पूर्ण शिक्षकहरुको छोराछोरी अनिवार्य रुपमा सामुदायीक विद्यालय पढाउनु पर्ने निर्णय भएको हो । यसअघि त्रियुगा नगरपालिकाले सरकारी विद्यालयमा अनिवार्य पढाउने निणर्य गरेपनि कार्यान्वयन हुन सकेको थिएन । त्रियुगा नगर शिक्षा शाखा प्रमुख सिव कुमारी राउतका अनुसार शैक्षिक सत्र २०८१ बाट लागु हुने गरी निर्णय कार्यन्वयनमा आएको जनाईन् । ८० सालको शैक्षिक सत्र सम्पन्न भैसकेकाले आउँदो शैक्षित्र सत्रबाट अनिवार्य रुपमा सामुदायीक विद्यालयमा पठन पाठन गर्ने गरी निर्णय भएको प्रमुख राउतले जनाईन् ।

त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा बसेको प्रधानाध्यापकहरुको बैठकले शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न निणर्यहरु गरेको नगर शिक्षा शाखाले जनाएको छ । शिक्षक, कर्मचारी र जनप्रतिनिधिले आफ्ना बालबच्चा सरकारी स्कुलमा अध्ययन गराउदा विद्यालयको शैक्षिक गुणस्तरमा केही न केही सकारात्मक प्रभाव पर्ने भएकाले उक्त निणर्य कार्यन्वयनमा ल्याईएको नगरप्रमुख बसन्त कुमार बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0