युएईलाई हराएसँगै नेपाल टि २०–विश्वकपमा

पूर्णपुष्टि, कार्तिक १७ ।आईसिसि टि २०–विश्वकप अन्तिम छनोटको सेमिफाईनलमा युएईलाई हराउँदै घरेलु टोली नेपाल फाईनलमा प्रवेश गरेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराएर फाईनलमा प्रवेश गरेसँगै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको छ । नेपालले १० बर्ष पछि विश्वकप खेल्ने भएको छ । २०१४ मा पहिलो पटक टि २० विश्वकप खेलेको नेपालले २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने विश्वकप दोस्रे पटक खेल्ने भएको हो ।

युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागी ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरे । उनले ५१ बलमा २ छक्का र ६ चौका प्रहार गर्दै ६४ रनमा र कप्तान रोहित पौडेलले २० बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३४ रनमा अवजित रहे । त्यस्तै गुल्सन झाले २३ बलमा २ चौका प्रहार गर्दै २२ रन बनाए भने अर्का ओपनर कुशल भुर्तेलले ८ बलमा २ चौका प्रहार गर्दै ११ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । बलिङमा नेपालका लागी कुशल मल्लले ४ विकेट लिए । सोमपाल कामी र सन्दिप लामिछानेले समान २–२ विकेट लिए भने कप्तान रोहित पौडेलले १ विकेट लिए । नेपालसँगै ओमानपनी टि २० विश्वकपमा छनोट भएको छ । आज भएको अर्को सेमिफाईनल खेलमा ओमानले बहराईनलाई १० विकेटले पराजित गर्दै टि २० विश्वकपमा छनोट भएको छ । अब नेपालले उपाधिका लागी फाईनल खेल ओमानसँग आईतबार प्रतिष्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0