लिम्चुङबुङ फुटवल प्रतियोगिताको उपाधी हेलेसी तुवाचुङलाई

पूर्णपुष्टि, १७ कार्तिक ।
उदयपुरको बिकट पहाडी पालिका लिम्चुङबुङ २ ताम्लीछा छतिवनेमा भएको फुटवल प्रतियोगिताको उपाधी खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न अन्तर वडास्तरीय खुल्ला प्रतियोगितामा हलेसी तुवाचुुङले आयोजक तामलिछालाई पराजित गर्दै उपाधि हात पारेको हो ।

हलेसीले तामलिछालाई टाईब्रेकरमा ९–८ गोल गर्दै घरेलु टिमलाई हराएर उपाधि हात पारेको हो । निर्धारित ९० मिनेटको खेलमा हलेसी तुवाचुङका खेलाडी सागर बस्नेतले २५ औं मिनेटमा पहिलो गोल गरेर टिमलाई अगाडि बढाएका थिए । मध्यान्तरपछिको खेल सुरु भएको ७ औं मिनेटमै आयोजक तामलिछाका संरक्षण राईले गोल फर्काएर बराबरी बनाए । त्यस पश्चात भने खेल अवधिभर दुवैपक्षबाट गोल हुन नसक्दा नतिजा निकाल्न टाईब्रेकरको सहारा लिन पर्यो ।

सुरुवाती चरणदेखि एकार्काले दबावमा राखेका दुवै टिम अन्ततः बराबरीमा पुगेपछि टाईब्रेकरमा भिडाएर नतिजा निकाल्नु परेको आयोजक लिमुचुङबुङ २ वडा खेलकुद विकास समितिले जनाएको छ । टाईब्रेकरमा हलेसी तुवाचुङसँग आठौँ प्रहारसम्म बराबरी गोल गरेको तामलिछाले अन्तिममा टिम क्याप्टेन बिसन राईको एउटा प्रहार चुकेसँगै उपबिजेतामा सीमित हुनु परेको हो ।

विजेता टिमलाई ४० हजार नगद, ट्रफि र प्रमाणापत्र प्रदान गरियो भने उपविजेताले २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ । विजयी खेलाडी टिमलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य नारायण बुर्जामगर र वडाध्यक्ष राईले संयुक्त रुपमा ट्रफि तथा पुरस्कार वितरण गरे । पहाडी पालिकामा भौगोलिक बिकटताका कारण फुटवल प्रतियोगिताहरु मौलाउन नसकिरहेको बेला लिम्चुङबुङले भने चुनौतीकै बावजुत पनि प्रतियोगिता सफल बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1