उपाधिका लागी नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

पूर्णपुष्टि, कार्तिक १९ । आईसिसी टि–२० वल्डकप एसिया छनोटको उपाधि जित्न नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । आईतबार बिहान किर्तिपुर त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको हो ।

नेपालका लागी गुल्सन झा र कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । कमजोरस्थितिमा रहेको नेपालको रन उकास्ने क्रममा पाचौँ विकेटका लागी कप्तान पौडेल र झाले ७८ रनको साझेदारी गरे । पहिलो १० ओभरमा ६० रन जोडेको नेपालले पछिल्लो १० ओभरमा १२४ रन जोडेको थियो ।

१७ ओभरमा क्याच आउट हुनुभन्दा अघि झाले ३ छक्का ५ चौका प्रहार गर्दै ५४ रन बनाए भने कप्तान पौडेलले ३७ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ५२ रनमा नटआउट रहे । त्यस्तै ओपनर कुशल भुर्तेलले ३१ रन बनाए भने करन केसीले ६ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २० रनमा नटआउट रहे ।

ओमानका बलर विलाल खानले ३ विकेट लिए भने अकिब इलियसले २ र जीशन मक्सुदले १ विकेट लिए । अहिले ओमान जवाफी ब्याटिङ गरिरहेको छ । दुवै टिमले यसअघि सेमिफाइनल जित्दै आगामी वर्ष वेस्ट इन्डिज र अमेरिका हुने टी(२० विश्वकपमा स्थान पक्का गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0