सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो टि–२० वल्डकप एसिया छनोटको उपाधि

पूर्णपुष्टि, कार्तिक १९ । आईसिसी टि–२० वल्डकप एसिया छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । आईतबार बिहान किर्तिपुर त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले नेपालले सुपर ओभरमा हराउँदै उपाधि हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा ओर्लिएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा नेपाललाई १२ रनले हराउँदै ओमानले उपाधि जितेको हो । सुपर ओभरमा ओमानले २१ रन बनाउँदै नेपाललाई २२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले १ विकेट गुमाएर १० रनमात्र जोड्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0