त्रियुगा उद्योग बाणिज्यद्धारा जाजरकोटका भुकम्प पिडितहरुलाइ राहत संकलन सुरु

पूर्णपुष्टि, २० कार्तिक ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले जाजरकोट र पश्चिम रुकुमका भुकम्प पिडितहरुका लागि राहत संकलन अभियान सुरु गरेको छ । संघले सोमबारदेखी गाईघाटका ब्यपारी ब्यवसायीहरु सित राहत स्वरुप आर्थिक संकलन सुरु गरेको हो । जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको बिनासकारी भुकम्पले ठुलो धन जनको क्षती पुराएको छ । पिडितहरु अहिले अरुको साहारामा बाच्नु पर्ने अवस्थामा सबै क्षेत्रबाट राह संकलनको प्रयासहरु भैरहेको छ ।

सोही अनुसार उदयपुरबाट पनि त्रियुगा उद्योग बाणिज्य संघले राहतका लागि ब्यपारीहरु सित आर्थिक संकलन सुरु गरेको हो । संघका अध्यक्ष रमेश रसाईलीले उदयपुरका सम्पूर्ण ब्यपारी, ब्यवसायी, स्थानीय, जनप्रतिनिधि, संघ संस्था लगायत सबैमा संघको अभियानलाई सहयोग गर्दै भुकम्प पिडितहरुको सहयोगमा सहभागी हुन अनुरोध गरे । संकलनको अभियान केहि दिन सम्म जारी रहने र सो समय भित्र मनले चाहेको र धनले सकेको सहयोग गरिदिन माहासंघको अनुरोध र आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0