स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगितामा दमौटी फुटवल क्लव बिजयी

पूर्णपुष्टि, २० कार्तिक ।
आईतबार देखी बगाहा खेल मैदानमा जारी स्वर्गिय युवराज राई (कैलाश) स्मृति दिवसको दोस्रो दिन दमौटी फुटवल क्लवले जित निकालेको छ । मलिथम फुटवल जोगिदहलाई २÷१ को अन्तरले पराजित गर्दै दमौटी फुटवल क्लवले जित निकालेको हो ।
दमौटीको तर्फबाट पवन राई र बिला राउतले १÷१ गोल गरे भने मलिथमको तर्फबाट एक गोल फिर्ता भएका थिए । बगाहा युवा समूहको आयोजनामा भैरहेको खेलमा उपाधी बिजेताले रु ५० हजार नगत र शिल्ड प्राप्त गर्ने छ भने उपबिजेताले रु ३० हजार नगद र शिल्ड प्राप्त गर्ने आयोजकले जनाएको छ । खेलमा ८ टिम सहभागी छन । प्रतियोगिताको प्रथम पुरस्कार बैदेशिक रोजगारीमा रहेको नेपालीहरुले सहयोग गरेका छन् भने दोस्रो पुरस्कारका लागि स्थानीनय बुद्धिजिवीहरुले सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0