उदयपुरमा प्रहरीद्धारा २५ सय गाँजाको बोट नष्ट

पूर्णपुष्टि, कार्तिक २२ । उदयपुरमा प्रहरीद्धारा २५ सय गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । जिल्लाको कटारी नगरपालिका वडा नं ८ गुम्रे, सिरिसेस्थितमा अवैध गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार सोमबार जिल्ला प्रहरी कार्यालयबाट अवैध गाँजाको बोट नष्ट गर्न जिल्ला प्रहरी कार्यालयबाट LRP प्रहरी टोली खटाईएको थियो । उक्त स्थानमा खटिएको प्रहरी टोलीले मंगलबार करीब ९ रोपनी क्षेत्रफलमा लगाईएको २५ सय गाँजाको बोट फडानी गरी नष्ट गरेको डिएसपी चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
2