उदयपुरमा भोली थारु समुदायको हुकेहुका महोत्सव हुँदै

पूर्णपुष्टि, २४ कार्तिक ।
थारु समुदायको संस्कार संस्कृतिमा आधारित हुकेहुका महोत्सव भोली उदयपुरमा हुने भएको छ । चौदण्डीगढी नगरपालिका ९ जमेरियामा उक्त महोत्सव हुने आयोजकले जनाएको छ । घरघरमा मनाउँदै आएका यस पर्वलाई उदयपुरमा पहिलो पटक महोत्सवको रुपमा मनाउन लागिएको आयोजक नेपाल थारु संघ (समाजवादी) उदयपुरले जनाएको छ । यस महोत्सवमा आगोको मुस्लोलाई हुकेहुका बनाएर फाल्ने र मन्त्र पढ्ने गरिन्छ ।

हुकेहुका फालेर थारु समुदायको घर परिवार र समाजमा हुने आपसी गलत चिजलाई फाल्ने र लक्ष्मीलाई बोलाउने गरिन्छ । जसलाई दरिद्र जा धन आईजा भनेर आगोको मुस्लो फाल्ने चलन रहेको छ । भोलीको कार्यक्रममा हुकेहुका फाल्ने, प्रतियोगिता समेत हुने जनाईएको छ । प्रतियोगितामा क्रमश ः प्रथम, दोस्रो र तेस्रोलाई ५ हजार ३ हजार र २ हजार पुरस्कार समेत राखिएको छ । साथै यस भित्र थारु समुदायको पहिरण भेषभुषा संस्कृतिक कार्यक्रम समेत हुनेछ । त्रियुगा नगरपालिकाका पपहिलो मेयर तथा एकीकृत समाजवादीका कोशी प्रदेश अध्यक्ष बलदेव चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भव्य हुने आयोजकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0