भिनाजुको हत्या आरोपमा सालो पक्राउ

पूर्णपुष्टि, कार्तिक २४ । झापामा भिनाजुको हत्या गरेको आरोपमा सालोलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ती गाउँपालिका–५ का
३५ बर्षिय रोशन अधिकारी रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार बुधबार राती ११ बजे घरायसी बिषयमा बादबिबाद हुँदा रोशनले भिनाजु ४५ बर्षीय धनबहादुर कट्वाललाई खुकुरी र बाँसले टाउको र शरिरको बिभिन्न भागमा प्रहार गरी घाईते बनाएका थिए । घाईते भएका कट्वालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको डिएसपी दाहालले बताए ।

घटनाबारे जनाकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट घटनास्थलमा खटिएको प्रहरीको टोलीले अधिकारीलाई तत्काल पक्राउ गरेको डिएसपी दाहालले बताए । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको डिएसपी दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0