प्रथम उदयपुर हुकेहुका महोत्सव(२०८० को सम्पुर्ण तयारी पुरा

दिनेश चौधरी

पूर्णपुष्टि, २५ कार्तिक ।
उदयपुरमा हुन लागेको प्रथम उदयपुर हुकेहुका महोत्सव(२०८० तथा बृहत सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।
शुक्रबार उदयपुरको बहेड्वा थारू होमस्टेमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
नेपाल थारू संघ ९समाजवादी० को आयोजनामा हुन लागेको सो कार्यक्रम कार्तिक २५ गते चौदण्डिगढी नगरपालिका वडा नं। ९ स्थित पश्चिमटोल, ज्यामिरेमा हुनेछ ।

वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाईने उक्त महोत्सवमा मुख्य आकर्षणको रूपमा हुकेहुका प्रतियोगिता राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समुहलाई क्रमसस् ५ हजार, ३ हजार र २ हजारले पुरस्कृत गरिने आयोजकले बताए ।

आयोजकका अनुसार प्रतियोगितामा भाग लिनेहरूको मुल्यांकन ५ आधारमा गरिने छ । हुकेहुकाको वनोट, हुकेहुकाको मन्त्र, हुकेहुका खेल्ने तरिका, हुकेहुकाको समापन र थारू भेषभुषारपहिरणको आधारमा प्रतियोगिताको मुल्यांकण गरिने छ ।

त्यस्तै प्रतियोगितामा सहभागि व्यक्ति वा समुह स्वयंले नै हुकेहुकाको लागि चाहिने आवश्यक सर(समान ल्याउनुपर्ने छ भने प्रत्येक टोली वा समुहमा कम्तिमा ७ जना र बढीमा १० जना सहभागि हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी प्रत्येक समुहलाई ५ मिनेटको समय तोकिएको छ ।

थारू समुदायमा परापुर्वकाल देखि तिहार ९शुकराईत० मा लक्ष्मी पुजाको दिन धुमधामका साथ मनाउदै आएको हुकेहुका अहिले लोप हुन लागेको अवस्थाले गर्दा यो संस्कृतिको संरक्षण गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0