बगाहामा भएको स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगिताको उपाधी दमौटीको पोल्टोमा

पूर्णपुष्टि, २५ कार्तिक ।
बगाहामा सम्पन्न प्रथम स्वर्गिय युवराज राई (कैलाश) स्मृति फुटवल प्रतियोगिताको उपाधी दमौटीले चुमेको छ । बेल्टार फुटवल क्लवलाई ट्राईबेकरमा ५÷४ ले हराउँदै दमौटीले उपाधी जितेको हो । बेल्टारको तर्फबाट जर्सि नं १० का सुनिल खड्काले खेलको २७ औँ मिनेटमा गोल गरेका थिए भने खेलको अन्तिमतिर ४ मिनेट समय थपिँदा दमौटीको तर्फबाट जर्सि नं २७ का बिशाल राउतले जवाफी गोल पर्काएका थिए । दुवै टिमले बराबर गोल बनाएपछि खेल ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा दमौटीले ५ गोल गरे भने बेल्टारले ४ गोल मात्रै गरे । उपाधि जिते सँगै दमौटी फुटवल क्लवले रु ५० हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । यस्तै उपविजेता बेल्टारले ३० हजार नगद शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

बिजेता र उपविजेता टिमलाई अखिल नेपाल फुटवल माहासंघका माहासचिव किरण राई र स्वर्गिय युवराज राईका परिवारले संयुक्त पुरस्कार वितरण गरेका थिए । आयोजक टिमले उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र उत्कृष्ट डिफेन्टरलाई समेत पुरस्कृत गरेको छ । म्यान अफ दी म्याच घोषित खेलाडीहरुलाई रु १ हजार, उत्कृष्ट किपरलाई रु ३ हजार, उत्कृष्ट डिफेन्टरलाई रु ३ हजार र उत्कृष्ट खेलाडीलाई रु ३५ सय पुरस्कार प्रदान गरेको हो । फुटवल प्रेमी तथा पूर्व खेलाडी समेत रहेका बगाहा निवासी युवा नेतृत्व युवाराज राई (कैलाश) को केही समय अघी करेन्ट लागी मृत्यु भएको थियो । राईकै सम्झानामा बगाहाका बैदेशिक रोजगारीमा रहेका युवाहरुले प्रथम पुरस्कार प्रदान गरेका थिए । यस्तै दोस्रो पुरस्कार भने साना किसान सहकारी संस्था देउरी र अन्य बुद्धिजिवीहरुले सहयोग गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0