चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुईवटा गैँडा

पूर्णपुष्टि, मंसिर १ । चितवन राष्ट्रिय निकुञ्जमा तस्करहरुले दुई वटा गैँडा मारेका छन् । तस्करले दुईवटा एकसिंगे पोथी गैँडा निकुञ्जको पूर्वी सेक्टरको चप्परखोरी भन्ने ठाउँमा मारेका हुन् ।

तस्करहरुले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैँडा मारीएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैँडा तस्करले मारेर खाग र खुर काटेर लगेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैँडा तस्करले मारेको हो । एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको देखिएको तिवारीले बताए ।

६ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए। सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ। बिहीबार साँझमात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0