त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले १ लाख बराबरको राहत सामाग्री भुकम्प पिडितलाई पठाउने

पूर्णपुष्टि, १ मंसिर ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले रु १ लाख बराबरको खाद्यन्न राहत सामाग्री रुकुम पश्चिम र जाजरकोटको भुकम्प पिडितलाई पठाउने जनाएको छ । संघमा शुक्रबार कार्यसमितिको बैठकले गाईघाटबाट त्रियुगा नगरपालिका सँग समन्वय गरी नगरपालिकाकै सवारीमा उक्त सामाग्री पठाउने संघका अध्यक्ष रमेश रसाईलीले जनाए । कार्तिक १८ गते उक्त ठाउँमा बिनासकारी भुकम्प जाँदा धनजनको ठुलो क्षती हुन पुगेको थियो ।

देश बिदेशबाट त्यहाँका भुकम्प पिडितहरुलाई राहत सहयोगको कार्य जारी रहेको छ । सोही अन्तर्गत उदयपुरबाट पनि त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले राहत स्वरु १ लाख बराबरको खाद्यन्न पठाउने रसाईलीको भनाई छ । त्यसका लागि संघले ब्यपारी ब्यवसायीहरु सँग राहत संकलनका लागि आर्थिक संकलन समेत गरेका थिए । त्यसबाट जम्मा ६६ हजार ८ सय १५ रुपयाँ संकलन भएको र बाँकी समितिले थप गरी १ लाख बराबरको सामाग्री पठाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0